नियम ११
धनी लेखपढ गर्न नजान्ने भएमा
(१) माथि जेसुकै लेखिएको भए तापनि धनी लेखपढ गर्न नजान्ने भएमा स्टकको सम्बन्धमा कुनै कारवाई गर्नुपर्ने भएमा निजले बैड्ढको खातामा र स्टकको पीठमा समेत ल्याप्चे सही गर्नुपर्छ ।
(२) उपनियम (१) बमोजिम भएको ल्याप्चे सहीको समर्थन स्वरुप गाउ“ विकास समिति वा नगरपालिकाका एकजना सदस्य वा राजपत्राड्ढित दर्जाका कुनै सरकारी कर्मचारी वा बैड्ढको कुनै कर्मचारीको सही भएको हुनु पर्छ ।